Posts

निद्रा, तन्द्रा, भ्रम र यथार्थ

Image
बर्खामास चलिरहेको थियो। हल्का हल्का पानी परिरहेको र बाटो केही हिलो देखिएकोले पक्का पनि बर्खामास हुनुपर्छ भन्ने मेरो अनुमान हो, तर एकिन गरेर भन्न सक्दिनँ। एकिनका साथ भन्न नसकेपनि मेरो धुमिल सम्झनामा हामी ५ या ६ जना थियौं जस्तो लाग्छ। हामी कतै जाँदै थियौं। तर ठ्याक्कै याद छैन हामी कता जाँदैथियौं? हाम्रो यात्रा लामै थियो वा छोटो? हामीसँग कुनै ब्यागप्याक थिएन। यसको मतलब हामी मर्निङवाकमा थियौं कि त ! तर मर्निङवाकमा अनकन्टार पहाड किन गयौं होला त? झट्ट हेर्दा यो कृष्णभीरको आसपास जस्तो पनि देखिन्थ्यो। खैर ! यति थाहा छ, हामी जानुपर्ने बाटो पहिरोका कारण रोकिएको छ। मान्छेको मन कति किलोमिटर वा माइल प्रतिघण्टामा दौडिन सक्छ? साँच्चि मान्छेको मन दौडिन्छ कि उँड्छ? अनि मान्छेको मन दौडिने हो कि दिमाग? दिमागले कति चाँडो सोच्न सक्छ होला? मासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका न्युरो वैज्ञानिकहरुको एउटा अध्ययन अनुसार मान्छेको दिमागले कुनै वस्तु देखेको १३ मिलीसेकेण्डमा त्यसको पुरै चित्र दिमागमा उतारिसक्छ। अहिलेलाई यो कुरा छोड्दिऊँ। यो मेरो जिज्ञासा मात्र हो, यो ब्लग पढ्न पाठकलाई यो सबै जानकारी आवश्यक छैन

देश छोडेका ५ बर्ष

Image
बिहानै श्रीमतीले भनिन्, 'तपाइँ आएको पनि ५ बर्ष भएछ है, सेप्टेम्बर ३, २०१५।' सायद फेसबुकमा उनले फोटो हालेकी होलिन् र देखियो। मेरा सयौं कमजोरी छन् र ती मध्येका दुइटा हुन्, मान्छेको नाम र मिति सम्झिन नसक्ने। एकथरी मान्छे 'जुन कुरालाई महत्व दिइन्न त्योकुरा याद हुन्न' भन्छन्। मेरा यी कमजोरीलाई त्यही एकथरी मान्छेले भनेकै आधारमा तौलिने हो भने 'मेरो जीवनमा के र कसको महत्व छ?' भनेर खोज्न म असमर्थ हुन्छु सायद। अर्काले शुभकामना दिनु अघि आफ्नो जन्मदिन थाहा नहुने मान्छे संसारमा कमै हुन्छन् होला। अँ, अर्काथरी मान्छे भन्छन्, आफ्नै जन्मदिन पनि याद नगर्ने मान्छे साँच्चै 'जिनियस' हुन्। तपाइँ मलाई त्यस्तै ठान्नुस् न एकछिन। ---- ---- -------- ----

भड्किएका हामी, बतासिएको बहश

विगत केही समयदेखि सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजनमा भइरहेका बहश हेर्दा लाग्छ- हामीले चुनेका हाम्रा प्रतिनिधि हाम्रालागि अति योग्य प्रतिनिधि हुन्। हुन् पनि। यी प्रतिनिधि हामी आफैंले भोट दिएर चुनेका हुन्। यी प्रतिनिधिले हाम्रो भौगोलिक र सामाजिक प्रतिनिधित्व मात्र हैन हाम्रो बौद्धिक क्षमताको प्रतिनिधित्व पनि गरिरहेका छन्। हामीलाई लाग्छ- हाम्रा नेता वा हाम्रा राजनीतिज्ञ, हाम्रा कर्मचारी वा हाम्रा जनप्रतिनिधि खराब भए। आत्मसन्तुष्टिका लागि त्यस्तै ठानौं। तर तपाइँ हामीले माने पनि नमाने पनि खराब हामी हौं। हामी आफू खराब भएकाले हाम्रा प्रतिनिधि खराब भएका हुन्। यो स्विकार गर्न गाह्रो होला तर सत्य त्यही हो। हामीले अहिले गरिरहेका बहशका विषय हेरौं र अहिलेको देशको अवस्था हेरौं। टेलिभिजनमा भइरहेका बहश, पत्रपत्रिकामा भैरहेका बहश पढौं र हाम्रो हुनेपर्ने प्राथमिकता हेरौं। हामी बहश केमा गरिरहेका छौं? केही समयदेखि समाजको एउटा तप्का राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहशमा मग्न छ। ट्विटर, फेसबुकका त कुरै छोडौं, टेलिभिजन, पत्रपत्रिकातिर पनि यसबारेमा बुद्धि लडाइरहेका छन् बुद्दिकेबीहरु। तपाइँ एकपटक

के सिकाउने, कसरी सिकाउने !

Image
शुरुवात शुरुबाटै गर्नुपर्छ। शुरुवात मध्यबाट वा अन्त्यबाट भयो भने त्यसको परिणाम राम्रो हुँदैन। हुनत सँधै शुरुवात शुरुबाटै हुँदैनन्। दशैंमा बाबियो (खर)को लठारो बाट्नुभएको छ? लामो, मोटो लठारो बाट्नुपर्ने र एकजनाले गर्न नसकिने भएकोले लठारो सामान्यत: बीचबाट बाट्न शुरु गरिन्छ। त्यसैले मध्यबाट शुरु भएका सबै कामका परिणाम सही हुँदैनन् भन्ने पनि हुँदैन। ठ्याक्क एक बर्ष अगाडि हो, कफी टकमा बसेर कफी पिइरहँदा एकजना दाइले मलाई सोध्नुभयो- हाम्रो समाज वा देशमा परिवर्तन ल्याउन सबैभन्दा पहिला के परिवर्तन गर्नुपर्छ? मलाई यसको जवाफ दिन सोच्नै परेन। मैले भनें- शिक्षा। सिकाइको पहिलो खुट्किलो। यहाँ शिक्षा भनेर विद्यालय जानुभन्दा अगाडिदेखिको कुरा गर्न खोजेको। यसलाई संस्कार पनि भन्न सकिन्छ। हुनत बहुसंख्यकलाई हेर्ने हो भने हाम्रो रहनसहन वा हाम्रो जीवनशैली शहरिया होइन। हाम्रा आमाहरुले अझै पनि गर्भावस्थामा पर्याप्त स्याहार पाउँदैनन्। हिँड्दा हिँड्दै, काम गर्दागर्दै बच्चा जन्माउनु पर्छ। बच्चा पनि हिलो, माटो, ढुंगासँग खेल्दै, खाँदै हुर्किन्छन्। हामी त्यसैगरी हुर्केका हौं। तर सँधै 'हामी त यस्तै त हो नि ब्रो'

प्रकाशकीय: आदर्श लेखन शुरुवात

शुरुवात, उदघाटन, थालनी, प्रारम्भ भनेर हरेकपटक ब्लग रिन्यू गर्ने पैसा तिर्दा लेखिने नियमित स्तम्भ हो मेरो। र, यो पनि त्यसकै निरन्तरता हो। उहिले उहिले सत्ययुगमा चामलमा पानी धेर भएपनि, तरकारीमा नुन बढी भएपनि ब्लग लेख्न मन लाग्थ्यो। कसैले ट्विट लेख्दा पनि कसैले फोटो छाप्दा पनि ट्याँस्स ब्लगमा टाँस्न मन लाग्थ्यो। आजकाल त्यस्तो गर्न मन लाग्दैन। किनकी गीत नै छ, चालीस कटेसि रमाउँला। अँ, अहिलेको मुल र नियमित कुरा- र, यो लेखिएको पनि तेस्रो वा चौथोपटक हुनुपर्छ, ईतिहास खोज्दा यही ब्लगमा नि भेटिएला- अब म ब्लग नियमित लेख्छु। लेख्न त लेख्ने तर के लेख्ने? मैले निर्णय गरेको छु- अब सानातिना कुरा नलेख्ने। अब अल्लारे कुरा नलेख्ने। अब बडा गहन कुरा, आदर्शका कुरा, अर्ति दिने कुरा लेख्ने। अब समाज बदल्ने कुरा, संस्कार बदल्ने कुरा लेख्ने। ओशोका जस्ता, सदगुरुका जस्ता, टेड टल्कका वक्ताहरुका जस्ता सफल हुने सुत्रका कुरा, खुशी हुने कुरा लेख्ने। सिधै भनौं न, अब गुरु बन्ने। अब तपाइँहरुलाई अन्धकारबाट उज्यालोतिरको यात्रा गराउने म।

प्रकाशकीय: आदर्श लेखन शुरुवात

शुरुवात, उदघाटन, थालनी, प्रारम्भ भनेर हरेकपटक ब्लग रिन्यू गर्ने पैसा तिर्दा लेखिने नियमित स्तम्भ हो मेरो। र, यो पनि त्यसकै निरन्तरता हो। उहिले उहिले सत्ययुगमा चामलमा पानी धेर भएपनि, तरकारीमा नुन बढी भएपनि ब्लग लेख्न मन लाग्थ्यो। कसैले ट्विट लेख्दा पनि कसैले फोटो छाप्दा पनि ट्याँस्स ब्लगमा टाँस्न मन लाग्थ्यो। आजकाल त्यस्तो गर्न मन लाग्दैन। किनकी गीत नै छ, चालीस कटेसि रमाउँला। अँ, अहिलेको मुल र नियमित कुरा- र, यो लेखिएको पनि तेस्रो वा चौथोपटक हुनुपर्छ, ईतिहास खोज्दा यही ब्लगमा नि भेटिएला- अब म ब्लग नियमित लेख्छु। लेख्न त लेख्ने तर के लेख्ने? मैले निर्णय गरेको छु- अब सानातिना कुरा नलेख्ने। अब अल्लारे कुरा नलेख्ने। अब बडा गहन कुरा, आदर्शका कुरा, अर्ति दिने कुरा लेख्ने। अब समाज बदल्ने कुरा, संस्कार बदल्ने कुरा लेख्ने। ओशोका जस्ता, सदगुरुका जस्ता, टेड टल्कका वक्ताहरुका जस्ता सफल हुने सुत्रका कुरा, खुशी हुने कुरा लेख्ने। सिधै भनौं न, अब गुरु बन्ने। अब तपाइँहरुलाई अन्धकारबाट उज्यालोतिरको यात्रा गराउने म।

आमा !

Image
जमिनमुनि गुडिरहेको रेलको सुइय्याँसँगै मोबाइलको स्क्रीनले भिडियो कलको संकेत गर्छ तद्र्याङ्तुङ्ग्रुङ तार जोड्छु कानमा र, थिच्छु हरियो बटन अनि देख्छु, बुढी आमै आँखा पिलपिल पार्दै मुस्काइरहेकी तुरुन्तै जवाफ फर्काउँछु रेलमा छु, २ मिनेट पर्ख है आमै !   रेलको ढोका खुलेपछि मोबाइलको स्क्रीनमा दौडाउँछु औंलाहरु घण्टी बज्न नपाउँदै उतापट्टि तिनै टिलपिल आँखा त्यही भाव र त्यही मुस्कान नबोलेरै धेरै बोलिरहेजस्तो बोलेर पनि चुपचाप बसेजस्तो संवादमा भन्दा भावमा धेरै प्रश्न जवाफ नदिइकनै जवाफ पाइने अनगिन्ति प्रश्न !!   सबै प्रश्नहरुलाई अनुहारबाट लुकाउँदै आमै सहज प्रश्न गर्छिन्,'सन्चै छस्? काममा हिँडेको?' म अनुहारमा पढ्न सक्छु उनका प्रश्न 'दुब्लो देखिएको छस् नि!' 'खाना खाँदैनस्?' 'कपाल कस्तो जिङ्ग्रिङ्ग देखिएको !' 'कहिले आउँछस्?' आदि आदि !!!   गुनासो पनि गर्दिनन् उनी 'खर्च छैन, अलिकति खर्च पठाइदिन्छस् कि!' बरु भन्छिन्, 'खर्च के कसरी चलाएका छौ?' 'भाडा तिर्न र खान त पुग्ला नि!' ज्यान सुकाएर काम नगर्नू आफ्नो ख्याल राख्नू हाम्रो चिन्ता नगर्नू !!!!