व्यङ्ग साहित्य Archive

Sort Posts by:

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली

हात्माकथा-२: छुसी

मैले अलि कठोर आवाजमा भनेँ, ‘सरकार, यो गलत हुन्छ। आवेशमा नआइबक्स्योस्। यो कदम राजदरबारको लागि महँगो पर्छ। यो १७ साल होइन, जनता धेरै बुझ्ने भइसके। राजतन्त्र संकटमा पार्ने काम नगरिबक्स्योस्।’ मैतिदेवीको प्रहरी विट बाहिर म आधा होश र आधा बेहोशीको अवस्थामा थिएँ। मैले आफूलाई सम्हाल्ने कोशिस गर्दै

हात्माकथा !

२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ। उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट

अब म एउटा कार किन्छु !

अब म एउटा कार किन्छु सुशासन दिने एउटा सरकार किन्छु ! झम्‌झम् बर्सेको झरी झरीले रूझाएको एउटा शरीर सडकमा हुइँकिएका सवारी र फूटपाथमा थुप्रिएको फोहोरका बीच निथ्रुक्क म सवारीको हुइँक्याइँले लपक्कै हिलोपानीमा मुछिएर छेउमा सिठ्ठी फुक्दै गरेको सरकारलाई गुहार्छु पानी पर्दा रेनकोट लाउनुपर्छ भन्ने थाहा छैन?- सरकार चिच्याउँछ म

प्रणयदिवस घोषणापत्र

‘फेब्रेवरी’ महिना प्रेमको महिना हो रे ! माया गर्ने फुर्सद नहुनेहरूले जे भने नि भयो। नत्र मान्छे थोडी कुकुर हो र, माया गर्न महिना कुर्नू ! कुकुरको पो कहिल्यै काम नि हुँदैन फुर्सद नि हुँदैन र कार्तिक महिनामा फुर्सद मिलाएर ‘प्रणय दिवस’ मनाउँछन्। मान्छेको सँधै काम, सँधै

मैले हजुरको नुन खाएको छु सरकार !

२०६१ माघ १९ मा शासनसत्ता आफ्नो हातमा ल्याएपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग नेपाल टेलिभिजनका महाप्रबन्धक दुर्गानाथ शर्माले नेपाल टेलिभिजनका लागि लिएको अन्तर्वार्ता सारै चर्चित भयो। चर्चाको कारण ज्ञानेन्द्रले के भने भन्नेमा भन्दा पनि उनले बोल्दा दुर्गानाथ शर्मालाई सम्बोधन गरेको ‘दुर्गा’ का कारण थियो। त्यतिबेला राजा ज्ञानेन्द्रले भनेको एउटा

श्री खुर्सिदो उवाच

अचानक राती चट्याङ् परेजस्तो आवाज सुनिन्छ। कालो बादल मडारिरहेकोजस्तो, ठूलै उथलपुथल हुन लागेजस्तो, छातीमा केही गह्रौं वस्तुले थिचेजस्तो। ऐठनले ऐं ऐं भएको देखि सीता माते जागा होइबक्स्यो। होटलको कोठामा छामछाम छुमछुम गरेपछि बिजुलीको स्वीच फेला पारिबक्स्यो। बत्तीको धिमा प्रकाशमा माताले स्वामीलाई हेरिबक्सनुभयो।

भ्याण्टा समाचार

नहाँसौं भन्छु हाँस उठिहाल्छ। सकेसम्म त दबाउन खोजेकै हो नि, नसकेपछि के गर्नु त मैले ! नेपालको कानून पालना गराउन लागि परेको नेपाल प्रहरी, अदालतलाई देखेर खित्का छुटिहाल्छ। अस्ति राती अनलाइन न्यूज पोर्टलहरू हेर्दा हेर्दै फ्याट्ट समाचार आयो ‘भ्याण्टाको समाचार लेख्ने पत्रकार पक्राउ’ भनेर। दुईदिनदेखि ‘दूध’को समाचारले

एउटा अन्त्य !

०६७ सालको मंसिर महिना ! समय दिनको ३ बजे !! स्थान: काठमाडौं उपत्यकाको कुनै एउटा निजीसंस्था। अशोक अफिसमा कुनै किताबको सम्पादन गर्दै थियो। फोनमा आँखा पर्‍यो, ‘झरना कलिङ्…’। ‘हेलो… सुनन… उनीहरूले सबै कुरा घरमा भनिदिए। मलाई टेन्सन भो। मैले के भनम् अब?’ झरनाको रूञ्चे स्वर। ‘हँ, के

ब्लफ कल !

यो मोबाइल भन्ने जिनिशको जति फाइदा छ त्यति नै बेफाइदा। कहिलेकाहीँ दुई तीन दिनसम्म फोनको घण्टी नै बज्दैन। अनि घरीघरी फोन हेर्नुपर्छ- स्वीच अफ पो छ कि वा बिग्रियो कि भनेर। कहिले भने वाक्कै लाग्दो गरी बज्छ त्यो पनि बिनाकाममा। ब्लफ कलका त कुरै नगरौं। यहाँ मेरो