मेरो नाम अनन्त कोइराला हो। जन्म घर ओखलढुंगा । हालको घर विराटनगर। बसाई काठमाण्डौ। पत्रकारिता पढेको हुँ आरआर कलेजमा। मदन पुरस्कार पुस्तकालयमा अनुसन्धानकर्ताको रूपमा काम गरेँ दुई बर्ष जति। मपुपुकै अन्तर्गत जगदम्बा प्रकाशन छ। त्यसमा सह-सम्पादकको भुमिकामा पनि काम गरेँ।

यही बिचमा आदि प्रोडक्सन्स् प्रा.लि.को ‘जनसम्पर्क अधिकृत’को रूपमा काम गरेँ। आदिको पछिल्लो प्रोजेक्ट ‘हाइवे’मा मिडिया तथा सोसल मिडिया को-अर्डिनेटरको भुमिका बडो रमाइलो रह्यो। हाललाई चाहिँ पढेको पत्रकारिताकै माध्यमबाट भात खान पाउने व्यवस्था गरौं जस्तो लागिरा’छ। प्रयास गर्दैछु।

ब्लग चाहिँ यसो रमाइलोका लागि लेख्छु। लेखाइमा मलाई थोरै व्यंग घुसाउन मन पर्छ। लेख्नु त्यो पनि पाठकलाई आफ्नो लेखमा डुबाउने गरी लेख्नु सारै अप्ठ्यारो काम। वामे सर्ने प्रयास गर्दैछु।