Posts

Showing posts from September, 2020

निद्रा, तन्द्रा, भ्रम र यथार्थ

Image
बर्खामास चलिरहेको थियो। हल्का हल्का पानी परिरहेको र बाटो केही हिलो देखिएकोले पक्का पनि बर्खामास हुनुपर्छ भन्ने मेरो अनुमान हो, तर एकिन गरेर भन्न सक्दिनँ। एकिनका साथ भन्न नसकेपनि मेरो धुमिल सम्झनामा हामी ५ या ६ जना थियौं जस्तो लाग्छ। हामी कतै जाँदै थियौं। तर ठ्याक्कै याद छैन हामी कता जाँदैथियौं? हाम्रो यात्रा लामै थियो वा छोटो? हामीसँग कुनै ब्यागप्याक थिएन। यसको मतलब हामी मर्निङवाकमा थियौं कि त ! तर मर्निङवाकमा अनकन्टार पहाड किन गयौं होला त? झट्ट हेर्दा यो कृष्णभीरको आसपास जस्तो पनि देखिन्थ्यो। खैर ! यति थाहा छ, हामी जानुपर्ने बाटो पहिरोका कारण रोकिएको छ। मान्छेको मन कति किलोमिटर वा माइल प्रतिघण्टामा दौडिन सक्छ? साँच्चि मान्छेको मन दौडिन्छ कि उँड्छ? अनि मान्छेको मन दौडिने हो कि दिमाग? दिमागले कति चाँडो सोच्न सक्छ होला? मासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका न्युरो वैज्ञानिकहरुको एउटा अध्ययन अनुसार मान्छेको दिमागले कुनै वस्तु देखेको १३ मिलीसेकेण्डमा त्यसको पुरै चित्र दिमागमा उतारिसक्छ। अहिलेलाई यो कुरा छोड्दिऊँ। यो मेरो जिज्ञासा मात्र हो, यो ब्लग पढ्न पाठकलाई यो सबै जानकारी आवश्यक छैन...

देश छोडेका ५ बर्ष

Image
बिहानै श्रीमतीले भनिन्, 'तपाइँ आएको पनि ५ बर्ष भएछ है, सेप्टेम्बर ३, २०१५।' सायद फेसबुकमा उनले फोटो हालेकी होलिन् र देखियो। मेरा सयौं कमजोरी छन् र ती मध्येका दुइटा हुन्, मान्छेको नाम र मिति सम्झिन नसक्ने। एकथरी मान्छे 'जुन कुरालाई महत्व दिइन्न त्योकुरा याद हुन्न' भन्छन्। मेरा यी कमजोरीलाई त्यही एकथरी मान्छेले भनेकै आधारमा तौलिने हो भने 'मेरो जीवनमा के र कसको महत्व छ?' भनेर खोज्न म असमर्थ हुन्छु सायद। अर्काले शुभकामना दिनु अघि आफ्नो जन्मदिन थाहा नहुने मान्छे संसारमा कमै हुन्छन् होला। अँ, अर्काथरी मान्छे भन्छन्, आफ्नै जन्मदिन पनि याद नगर्ने मान्छे साँच्चै 'जिनियस' हुन्। तपाइँ मलाई त्यस्तै ठान्नुस् न एकछिन। ---- ---- -------- ----