शहरतिर झरेपछि थाहा भयो, बाटोको छेऊको घर घडेरीको भाउ कति धेरै हुन्छ। झन् घडेरीको तीनैतिर बाटो हुने हो भने त त्यो त सुनकै टुक्रा। बाँदर लड्ने ठाउँमा जन्मेको मजस्तोलाई भने यो तीनतिर बाटो र बीचमा घर हुँदा अनेक तनाव हुन्थे। रोडा ढुंगाले भरपुर बाटोमा कोही मान्छे चाँडोचाँडो