विकासे बहस र हाम्रो वास्तविक चरित्र
हिजो मंगलबार बिहान अफिस जान सुकेधाराबाट माइक्रोबस चढें। बसका चालक दाइलाई राजनीतिबाट हुनसम्म वितृष्णा भएको रहेछ। उनी 'नेताहरूले देश बिगारे, कर्मचारीहरू काम नै गर्दैनन्, सबका सब भ्रष्ट छन्' भनेर उनका सहयोगीसँग र यात्रुहरूसँग एकोहोरो विलाप गरिरहेका थिए।
माइक्रोबस एअरपोर्टबाट अगाडि बढ्नेबित्तिकै ट्राफिकको चेकिङ् चलिरहेको थियो। यहाँ सँधै ट्राफिक चेकिङ् भइरहन्छ। म चढेको माइक्रोबस पनि ट्राफिकले रोके। कागजपत्र मागे। चालकले सबै कागजपत्र ठीक छ भने। तर ट्राफिकले उनलाई कागजपत्र देखाउन भने। चालकले ब्लू बुक र लाइसेन्स दिए। ट्राफिकले चेकजाँच गर्दा थाहा भयो चालक दाइको लाइसेन्सको म्याद सकिएको ११ महिना भैसकेको रहेछ।
[caption id="attachment_400" align="alignleft" width="553"] urbanpassion.blogspot.com[/caption]
उनले पैसा नभएकोले लाइसेन्स रिन्यू नगरेको बताए, जवाफमा ट्राफिकले 'के तपाइँलाई लाइसेन्स रिन्यू गर्न ट्राफिकले पैसा दिनुपर्यो? आज गएर रिन्यू गर्नुस्' भने। त्यसपछि आजै लाइसेन्स रिन्यू गर्ने सर्तमा माइक्रोबस गुड्यो। मैले विगत २ महिनादेखि एअरपोर्ट छेउको चेकिङ्मा परेका माइक्रोबसका चालकहरूको म्याद भएको लाइसेन्स देख्या छैन। यो हाम्रो, हामी सबैको वास्तविकता हो।
विगत केही हप्तादेखि पत्रपत्रिकामा विकासका बहसले राम्रै ठाउँ पाएका छन्। नेपाल बनेन, नेपाल बनाउन यसो गर्नु पर्छ, यसरी विकास गर्न सकिन्छ भनेर बहस चलेको चल्यै छ। हामीले खोजेको विकास के हो? विकासमा हाम्रो योगदान के हुने? या नेताहरूले मात्र विकास गरिदिने हो कि? म अन्योलमा छु।
एकदिन न्यूरोडबाट कपन जान संयुक्त यातायात चढेको थिएँ। साँझको समय, बस खचाखच थियो। म ढोकैमा उभिएको थिएँ। कालोपुलमा दुईजना यात्रु उत्रिने थिए। बसका सहयोगीले भाडा मागे। एकजना लगभग ५० उमेरका यात्रुले भाडा दिँदै भने, 'कार्ड छ।' सहयोगीले कार्ड मागे। बस रोकिइसकेको थियो।
म ढोकैमा भएकोले म पनि बसबाट उत्रिएको थिएँ। यात्रुले 'कार्ड नभइ छ भन्छ कसैले?' भनेर बसका सहयोगीलाई ठुलै स्वरमा थर्काए। तैपनि सहयोगीले कार्ड दिन भनिरह्यो। ती ५० वर्षीय यात्रुले गोजीबाट कार्ड निकालेर 'ला हेर्' भनेर बस सहयोगीको अनुहारमै कार्डले हाने।
म बस सहयोगी सँगै उभिएको थिएँ। उसले कार्ड भुइँबाट टिप्यो र हेर्यो, सँगै मैले पनि। उनीसँग भएको विद्यार्थी कार्ड आरआर क्याम्पसको ७ वर्ष अगाडिको थियो तर अहिलेकै मिति भएको। उनले देखाएको कार्डको डिजाइन अहिले परिवर्तन भइसकेको छ। बस सहयोगीलाई त्यो कुरो थाहा हुने कुरो पनि भएन।
काठमाडौंमा सार्वजनिक यातायातमा यात्रा गर्दा विद्यार्थी कार्ड देखाउने ५० प्रतिशतको कार्ड नक्कली हुन्छ भन्ने मेरो दाबी छ। कसैले अनुसन्धान त गरेको छैन होला तर यो पक्का हो। सायद यसलाई भ्रष्टाचार पनि भन्न मिल्दैन। किनकी हामी सर्वसाधारण भ्रष्टाचारै गर्दैनौं, किनकी हामी सार्वजनिक पदमै हुन्नौं। हाम्रो वास्तविकता यही हो र हामी यही वास्तविकताको धरातलमा उभिएर विकास भएन भनेर उफ्रिरहेका छौं। सायद हामीले खोजेको विकास पनि यस्तै हो कि !
उदेक लाग्दो कुरा त के छ भने गएको एक वर्ष अगाडि मात्रै होला थापाथलीको पेटीमा बोर्ड राखिएका थिए, 'पेटीबाट मोटरसाइकल चलाएमा रू. १ हजार जरीवाना गरिनेछ' भनेर। हाम्रो असली चरित्र यही हो। हामीलाई कानुनले छेक्दैन जबसम्म हामीलाई जरीवानाको धम्की वा भगवानको डर देखाइँदैन। पुरानो राजदरबार, जहाँ अहिले परराष्ट्र मन्त्रालय छ, त्यसको पेटीमा पिशाब गर्न नरोकिएपछि भित्तामा भगवानको फोटो राखेको पनि धेरै भएको छैन।
एकोहोरो विकासका कुरा गरिरहँदा हामीले आफू कति सभ्य छौं, गरिएको विकासलाई हामीले कसरी उपयोग गरेका छौं भनेर सोचेकै छेनौं। सोच्ने जरूरी नै ठानेका छैनौं, किनकी सबै ठेक्का त नेताहरूको हो।
अहिले माइतीघरदेखि तिनकुनेसम्मको सडक आठ लेनको बनाइएको छ। नयाँ थपिएको लेन पनि लगभग पीच भएर तयार भएको छ पुल बाहेक। त्योबाटो हिँड्ने जोसुकैले देख्न सक्छ थपिएको लेन अहिले पार्किङस्थल भएको छ। नयाँ बनेको लेनमा गाडी पार्क गरेर क्याफे छिरेर नीति निर्माता र नेतालाई गाली गर्दाको स्वाद नै बेग्लै छ। यसैमा हामीले गर्व गर्न सिक्यौं। भौतिक संरचना बनेपछि त्यसको उपयोग कसरी गर्ने भन्ने सोच हामीमा विकासै भएन।
विकासकै कुरा गर्दा हामीले हाम्रो प्राथमिकता नबुझेको प्रष्ट देखिन्छ। सर्वसाधारणलाई विकास भनेको सडक, गाडी, पैसामा संवृद्धि हो भनेर मात्र पढाइएको छ। तीन बर्ष अगाडि ओखलढुंगा जाँदा देखेँ, एकजना भाइले खेत बन्दकी राखेर पल्सर मोटरसाइकल किनेका रहेछन्। अनि उनी घरबाट सदरमुकाम, साप्ताहिक रूपमा लाग्ने हाट दौडिन्थे त्यही पल्सरमा र खानको लागि चामल किनेर ल्याउथे।
हाम्रा नीति निर्माता, हाम्रा अभिभावक, हाम्रा विद्वान, र हामी आफैंले किसानलाई मोटरसाइकलभन्दा आवश्यक कुरा खेत हो भनेर सिकाएनौं। सिकायौं त केवल पल्सर चढेर हिँड्ने ठूलो र हुनेखाने वर्गको हो, मान सम्मान खेत भएकाले होइन पल्सर बाइक भएकाले पाउँछ भनेरै सिक्यौं।
नेतालाई, नीति निर्मातालाई हामी आफैंले (सर्वसाधारणको रूपमा) भ्रष्ट हुन कति प्रोत्साहित गर्यौं, राम्रालाई हैन हाम्रालाई विकासमा वा भनसुनमा सहयोग गर्न दबाब दियौं भनेर हामीले चाहिँ सोच्नु पर्छ कि पर्दैन? लोकसेवा पास गरेपछि पनि अन्तर्वार्ताका लागि सम्बन्धित अफिसमा कोही गोरू नै बेचेको भएपनि साइनो पर्ने मान्छे खोज्यौं कि खोजेनौं? बर्खामा फाट्टफुट्ट भल बग्ने खोलामा पुल बनाउन चिनेका नेता वा नीति निर्मातालाई दबाब दियौं कि दिएनौं?
यस्ता कुरा सोच्ने कि नसोच्ने अब हामीले नेपाल नबन्नुको भागिदार अरूलाई बनाइरहँदा?
यस्ता अनेकन् उदाहरण भेटिन्छन् तपाइँ हामी वरिपरी। हाम्रो वास्तविक चरित्र नै यही हो। भौतिक विकासको पाटो महत्वपूर्ण होला तर मानसिक विकास त्योभन्दा झन् महत्वपूर्ण छ भनेर कैले बुझ्ने होला हामीले।
अन्त्यमा, मेरी हजुरआमाको उक्ति: 'आफ्नो टाउकाको जुम्रा भेटाउन गाह्रो हुन्छ। त्यसैले सबैले खोज्ने अर्काको टाउकाको जुम्रा नै हो।' आजकाल त बजारमा टाउकाको जुम्रा झार्ने काइयो पनि पाइन्छ क्यारे। मलाई के लाग्छ भने, एउटा काइयो किनेर जुन दिन हामी आफ्नो टाउकाका जुम्रा झार्न थाल्छौं त्यही दिनदेखि विकासको प्रकिया शुरू हुन्छ।

ati nai ramro....
ReplyDeleteअनन्त जी, लेख राम्रो लाग्यो । यस्ता छलफल अझै हुनुपर्छ जस्तो लाग्छ, सबै तह र क्षेत्रबाट । तपाईँको लेखमा भएजस्तो आत्मचिन्तन हामी सबैको लागि जरुरी छ जस्तो लाग्छ । समस्याको कारण अन्यत्र खोज्नुभन्दा आफैँलाई प्रश्न गरेर वा सुधारेर समाधान पाउन सजिलो हुन्छ । प्रश्नहरु नसोधी र आत्मालोचना (self-critical) नगरी सुधार संभव छैन होला ।
ReplyDeleteयहाँ मैले तपाईँसँग विमती राख्न खोजेको हैन । छलफललाई अझै सहयोग पुगोस भनेर थप केहि विचार मात्रै राख्न खोजेको हुँ ।
१. व्यक्तिगत आचरणको बारे तपाईँले भनेका धेरै कुराहरु सत्य छन् । कतिपय कुरामा हामीहरु सबै कुनै न कुनै यस्ता कृयाकलापका दोषी छौँ । तर हाम्रा आचरण किन यस्ता भए त भन्नेबारे पनि खोज गर्नुपर्ने हो कि ? मलाई लाग्छ धेरै कुराहरुमा प्रोत्साहन (incentive) को भुमिमा नजरअन्दाज गर्न मिल्दैन ।
लोकल बसले दुर्घटनाको पर्वाह नै नगरी बस किन कुदाउँछन् र कहिले पाइला पाइलामा बस रोक्ने र कहिले रोक्दै नरोकी हिँड्छन् ? तपाईँलाई थाहै होला, काठमान्डुमा धेरै लोकल बस रुटहरुमा एउटा बस अर्को भन्दा छिटो प्रस्थान बिन्दुमा आइपुग्यो भने उसले अर्को 'ट्रिप' छिटो पाउँछ ।
यसले बसहरुलाई सकेसम्म धेरै यात्रुहरु खाँदेर अरुभन्दा पहिले एउटा ट्रिप पुरा गरेर प्रस्थान बिन्दुसम्म पुग्ने प्रोत्साहन (incentive) प्रदान गर्छ । यसमा दोष बस-चालकको त हो नै, तर प्रोत्साहन प्रकृया (incentive mechanism) को पनि हो । सहि रुपले incentive design गर्ने हो भने यस्ता समस्या समाधान हुन्छन् । सजायँ र पुरस्कार एक किसिममा incentive हुन्, तर अरु धेरै यस्ता तरीकाहरु छन् ।
उदाहरणको लागि: तपाईँले स्वास्थ्य बीमा गर्नुभयो भने थोरै कर लाग्ने व्यवस्था गरिदियो भने तपाईँलाई बीमा गर्ने प्रोत्साहन बढि हुन्छ । सबैजना नैतिक र असल नियतका हुने आश गर्नुभन्दा त्यस्ता कृयाकलाप प्रोत्साहन गर्ने incentive हरु design गर्नु समाजको लागि बढि फाइदाजनक हुन्छन् होला ।
२. हामी self-critical हुनु राम्रो हो, तर त्यसलाई context मा राख्नु पनि उचित हुन्छ जस्तो लाग्छ । हामीहरु धेरैले अमेरीका वा युरोपमा मानिसहरु अति नै जिम्मेवार र असल हुन्छन्, तर हामी त्यस्ता नभएकोले हामी पछि परेको भन्ने लाग्छ । यो सोच पुरै असत्य नहोला, तर यसमा पनि इतिहास, सामाजिक विकास र हालका incentive हरुको धेरै भुमिका छ जस्तो लाग्छ ।
विकसित देशकै कति भुभागहरुमा व्यक्तिगत आचरण नेपालका मानिसहरुको भन्दा धेरै राम्रो छैन । पूर्वी युरोप र रुसमा महङ्गा गाडिहरुको चोरी अत्यधिक हुन्छ, घुसखोरी पनि व्यापक छ, नियम मिच्ने काम र अपराध पनि चर्को । यस्ता उदाहरण धेरै होलान् ।
self-critical हुनुको साथै हामी किन यस्ता छौँ र के गरे यसमा सुधार हुनसक्छ भन्ने तिर पनि छलफल शुरु गर्नुपर्ला भन्ने मेरो सुझाव । साथै हामी सबै हिसाबले खराब र काम नलाग्ने छौँ भन्ने हीन भावना पाल्नु भन्दा त्यसलाई context मा राखेर समाधानका तरीकाहरु पनि सोच्न सके अझै फाइदा हुन्छ होला ।
यति राम्रो प्रतिक्रियाको लागि विवेकज्यूलाई धन्यवाद। तपाइँको कुरामा मैले असहमति जनाउने ठाउँ देख्दिनँ। मेरो मनसाय पनि हामी आफैपनि सुध्रिन जरूरी छ भन्ने मात्र हो। हाम्रोमा साह्रै कम मात्रै विचार गरिएको वा बेवास्ता गरिएको 'Civic Sense' को कुरा पनि हो जस्तो लाग्छ। हामी आफूपनि जिम्मेवार बन्दै गयौं भने थप टेवा पुग्छ भन्ने सम्मको कुरा कोट्याउन खोजेको हुँ :)
ReplyDeletenara
ReplyDelete[…] (अनन्त कोइरालाको ब्ल्ग बाट ) […]
ReplyDeleteचित्त बुझ्यो
ReplyDelete