Monthly Archive:: August 2013

Sort Posts by:

भोक युद्ध !

सफलता सायद अभावमै जन्मिन्छ । भोकले नै सायद रचनात्मक बनाउँछ । जीवनलाई फर्केर हेर्दा याद आउँछ– त्यही चुहिएको घरको छानो, माटोको भुईंमा ओछ्याएको एउटा परालको गुन्द्री, ओढ्नलाई आमाको फाटेको सारी । नांगो शरीरमा गुन्द्रीको डाम छाम्दै रूँदा आमाले गाली गरेको कर्कश आवाज ! ***

वाह ! त्यो गाइजात्रा

पुर्वी पहाडको कर्णाली भनेर चिनिने जिल्ला ओखलढुंगा। तर घर चाहिँ जिल्लाकै सबैभन्दा उब्जाउ हुने गाउँमा। यता सदरमुकाम चाहिँ कवि सिद्धिचरण श्रेष्ठको गाउँ। बहुसंख्यकभन्दा पनि धेरै नेवारी बस्ती। अनि त्योभन्दा नि बढी व्यापारी हैनन् साहूजी।

‘मेचीभन्दा उथ देश नाइँ’

पशुपति वृद्धाश्रमको कम्पाउन्डबाट छिरेपछि मुख्य ढोका आउँछ। ढोका बाहिर वारपारै फैलिएको पेटी छ। ढोकैको छेउमा दाहिनेपट्टि दाउरा थुपारिएको छ। पेटीभरि एक्लै, दुईजना गरेर छरपस्ट वृद्धवृद्धाहरू आफ्नै गफमा मस्त छन्। ‘कुन देशका हउ?’ सेतो टिसर्टमाथि कालो इस्टकोट, जाडोमा भित्र लगाउने कालै ट्राउजर र हवाई चप्पल। उनको छेउमा बाहिरपट्टि

किन चाहियो सरितालाई धोती कुर्ता लाउने ?

राष्ट्रिय एकता का लागि धेाती कुर्त्ता लार्इ राष्ट्रीय पेाशाक र हिंदी लार्इ राष्ट्रभाषा घेाषित गरिनु पदर्छ। — sarita giri (@sarita_giri) July 31, 2013 ‘राजनैतिक ‘प्रोपोगाण्डा’ अरू प्रोपोगाण्डाभन्दा पुरै फरक हो। यसले आफ्नो लक्ष्यसम्म पुग्नको लागि एउटै तरिकाको प्रयोग गर्दछ तर भिन्न मान्यताका साथमा।‘ सन् १९३० मा जी.