Monthly Archive:: October 2012

Sort Posts by:

थुक्क ! म किन पत्रकार बनिनँ !!

जब जब दशैं आउँछ अनि मलाई लाग्छ- थुक्क ! पत्रकारिता पढेर पनि म किन पत्रकार भईनँ  🙁 ठाउँ ठाउँमा पत्रकारले पिटाई खाएको समाचारहरू आउँछन्, गाली खान्छन्, धक्कामुक्कीमा पर्छन् पत्रकारहरू। १० हजार महिना तलब ग्यारेन्टी गर्नुपर्छ भनेर आन्दोलन नि गरिरहेका छन् पत्रकार। बर्षभरी कहिल्यै पनि मेरो दिमागमा, मेरो

कर्णेल गद्दाफी र नेपाली मिडिया

अन्तत: एउटा तानशाहको अन्त्य भयो त्यो पनि नेपालको लागि कागलाई पाकेको बेल बराबरको। त्यसको अन्त्य हुने निश्चित थियो, भयो। पखेटा पलाएपछि कमिला धेरै दिन बाँच्दैन। सत्य कुरा त्यही हो। स्वभाविक रूपमा नेपाली शहरी जनताहरूले पनि मोमर गद्दाफीको बारेमा धेरै दिन चिया मात्र हैन ह्वीस्कि गफसम्म गर्न भ्याए।

मकै वेदना !

(यो कथा लेन्दाइको ‘मकै’ कथाबाट प्रेरित छ। यो कथा नितान्त मनोरञ्जनका लागि लेखिएको हो। यो कथा मकैको व्यङ्ग्य गर्न लेखिएको हैन तर यही कथालाई जोड्दै अर्को कथा बुन्ने कोशिस गरिएको हो।) थापाथली चोक, जहाँ कैयौं चिल्ला सुटमा सजिएका चिल्ला कारहरूका झ्यालमा दिनहुँ एउटै बोली सुनिन्थ्यो- ‘दाइ, १ रुँप्पे दिनु

जब आमाको ममता छल्किन्छ !!

हप्ताभरी यता कुद्यो उता कुद्यो व्यस्त भइन्छ- काम होस् या नहोस्। बल्ल एकदिन शनिवार बिदा हुन्छ अनि सोचिन्छ- सुतेरै खुशी होऊँ कि खुशी खोज्न सडक डुलौं! हाम्रै सडकहरूमा सुख र दु:ख, हाँसो र वेदना छरपस्टै भेटिन्छन्। दु:ख र वेदनामा खुशी खोज्ने कि सुख र हाँसोमा वेदना खोज्ने