कालो स्कर्ट

(नोट: यो एउटा सफल हुन नसकेको प्रेम कथा हो। #ALoveStory+2 ह्यास ट्यागमा यो कथा मेरो ट्वीटर ह्याण्डलबाट प्रसारण भैरहेको थियो। ट्वीट गर्दै जाँदा यो कथाको शीर्षक ‘कालो स्कर्ट’भनेर बरूण ले जुराएका हुन्।)


टिरिङ् टिरिङ्… टिरिङ् टिरिङ् ! फोनको घन्टीले म ब्यूझिंएँ। ‘हेलो, को बोल्नुभ’को?’ कुनै अपरिचित युवती स्वर थियो। ‘म म बोलेको, तपाईंले पो कसलाई खोज्नुभएको हो !’ मेरो जवाफ। शुरूवात यही थियो। तर उनले न त आफ्नो नाम भनिन्, न त ठेगाना। अनेक प्रयास गर्दा पनि उनले आफ्नो बारेमा बताइनन्- म तपाईंको फ्यान भन्नुभन्दा बाहेक। ‌




[caption id="attachment_40" align="alignleft" width="240"]कालो फ्रक: फोटो google Image कालो फ्रक: फोटो google Image[/caption]

+२ पढ्दा हामी तीनजना (रविन, इशु र म) प्राय: दिनरात सँगै हुन्थ्यौं। त्यसैपनि रविन राती एक्लै सुत्न सक्दैनथ्यो- डरले। कहिलेकाहीं उसकै कोठामा एक्लै छ भन्ने थाहा हुने बित्तिकै इशु र म फोन गर्थेउँ उसलाई- ‘ओई ! झ्यालमा हेर त।’ त्यसपछि ऊ झ्यालतिर नहेरी बाउआमाको कोठामा जान्थ्यो र भुइँमा सुत्थ्यो।



मैले दुईजनालाई बोलाएँ र घटना विवरण सुनाएँ- फोन गर्ने केटीको बारेमा। हामी तीनजनाको टोलीले २० मिनेटमै केटीको नाम, थर, घर, ठेगाना फोन नम्बर सहित पत्ता लगायौं। ‘हेलो ! कल्लाई खोज्नुभएको?’ स्वर त युवतीकै थियो तर म स्योर हुनँ सकिनँ- यो मलाई फोन गर्ने केटी नै थिई या अरू कोई? ‘मैले त तिमीलाई नै खोजेको, हेरन, तिमीसँग कुरा नगरी बस्नै सकिनँ’ मैले अन्दाजमै भनें। सही मान्छे नै रहिछ। मैले यति चाँडै उसको नम्बर पत्ता लगाएपछि सायद ऊ डराई। त्यसपछि शुरू भयो प्रेम- फोन प्रेम।


म बिहान घरबाट निस्किने बेला उनले फोन गर्थिन्… म उनको घरको बाटो भएर जान्थें, उनी छतमा लुकेर मलाई हेर्थिन्, म उनलाई नदेखे झैं गर्थें। हामी तीनजना त सँगै हुन्थिम्। उनले रविनलाई चिन्थिन् तर इशु र मलाई चिन्दिनथिन्। पहिलोपटक उनको घरको बाटो भएर जाँदा पनि हामी तीनजना नै गएका थियौं। उनी छतबाट लुकेर हेरिरहेकी थिइन्। म घर पुग्दा नपुग्दै घरको फोन बजिसक्थ्यो। उनी भन्थिन्- ‘तपाईंको कपाल कलर गरेको छ हो?’ ‘लौ तिमीले मलाई देख्यौ र’- म जिस्काउथें। इशु र मैले सँगै कपाल कलर गरेका थियौं। ‘अँ देखें, तर चिनिनँ, मलाई चिनाउनु न’- उनले अनुरोध गरिन्। मैले भनें- ‘मैले चश्मा लगाएको थिएँ।’ इशुले नि चश्मा लगाएको थियो। मैले अर्को क्लु दिएँ- ‘मैले कपाल माथितिर फर्काएको थिएँ’। इशुको कपालको स्टाइल पनि त्यस्तै थियो। उनले मलाई चिन्न सकिनन् या मैले चिनाइन्। तर फोनको शिलशिला टुटेन। मैले घरको फोन मेरो सिरानीमै राखेको थिएँ। उनले फोन गरेर ‘आज आकाशमा एउटा तारा देखिएन’भन्ने गीत सुनाउँथिन्। म गीत सुन्दै निदाउँथें।

फोनमा बाहेक हामीले एकअर्कालाई नदेखेरै देखेका थियौं। न त उनले मलाई भेटेर कुरा गर्ने साहस गरिन्, न त मैले नै जबरजस्ती गरें। हामीले जति प्रेम गर्‍यौं केवल फोनमा मात्रै। १२ को परिक्षा दिएर म काठमाडौं आएँ। मैले १२ पास गरें र उनले ११। अर्को एकवर्ष काठमाडौं र विराटनगर फोन प्रेम चालु रह्यो। १२ को परिक्षा दिएर उनी पनि काठमाडौं आइन्। अब भने भेटघाट हुने पक्का भयो। मेरो कोठाको फोनमा उनले फोन गर्थिन्, अनि म उनको दाजुको मोबाइलमा। हामीले पशुपतिमा भेट्ने निधो गर्‍यौं। यसपछिको कथा मेरो ट्वीटबाट- म कलेजबाट पशुपति गएँ, उनी कोठाबाट :) उनी बागमतिको पुल पारी भित्तामा छलिएर मलाई लुकेर हेर्दैथिन्। म सिधै उनी भएतिर गएँ। उनी लुकेर हेरिरहेकी थिइन्, म उनको अगाडि गएर मुसुक्क हाँसे। उनले पहिलोपटक मैले उनलाई चिन्दोरहेछु भन्ने जानेर छक्क परिन्।


पशुपतिमा पहिलो पटक भेट्दा फोनमा हाम्रो सम्बन्ध ३ वर्षको थियो। यत्रो समय उनी यही भ्रममा थिइन् कि ‘मैले उनलाई चिन्दिनँ’।
एकदिन म उनको कोठामा गएँ भेटन। दुई जना गफ गरेर बसिरहेको बेला उनका दाइ अचानक कोठामा आए। मैले दाजुलाई हेलो भनें, उनलाई सायद हतार थियो कतै जान। उनी कपडा बोकेर सिधै वाथरूम छिरे। दाजु नुहाउन छिरेको बेला म निस्केँ। अलि पर पुगेपछि थाहा भयो- मेरो पर्स त उनकै कोठामा छुटेछ। म फेरि फर्किएँ उनको कोठा। उनको कोठा पुग्दा दाइ नुहाएर आइपुगेका थिए। ‘यो सिरक के गरेको?’ भन्दै दाजुले सिरक उठाए। सिरक उठाउँदा मेरो पर्स फेला पर्‍यो। उनले पर्स उठाएर बहिनीतिर हेरे। उनले निहुरिएरै दाइको हातबाट पर्स खोसिन् र मलाई दिइन्। म पर्स समातेर दौडिँदै बाहिर निस्केर भागें।


उनी गौशालाबाट डिल्लीबजारको एउटा काठको घरमा डेरा सरिन् माथ्लो तलामा। भेट्न जाँदा जहिल्यै तल्लो कोठाका मान्छे ढोका ढकढकाउन आउँथे। मलाई केटीले स्कर्ट लगाएको सारै मन पर्ने। त्यसैले उनलाई मैले पहिलो गिफ्ट कालो रङको स्कर्ट उपहार दिएको थिएँ। एकदिन म भेटन जाँदा उनले त्यही स्कर्ट लगाएकी थिइन्। मैले आफूलाई थाम्नै सकिनँ। पहिलो पटक थाहा भयो- स्कर्ट लगाउँदाको फाइदा। कालो स्कर्ट उपहार दिएर स्कर्टको फाइदा उठाएको भनेर उनले त्यसपछि कहिल्यै कालो स्कर्ट नलगाउने निर्णय गरिन्- कोठामा बस्दा। आफूले उपहार दिएको ‘स्कर्ट’ नलगाउने भएपछि मैले डेटिङ स्पट परिवर्तन गर्ने निर्णय गरें। त्यसपछि शुरू भयो सुन्दरीजल, गोदावरी। जुनसुकै ठाउँ डेटिङ गए पनि उनले माथि जेसुकै लगाउन् तर तल कालो स्कर्ट अनिवार्य थियो, मन परेर उपहार जो दिएको थिएँ।


पहिलोपटक म र उनी आफ्नो कोठा बाहिर डेटिङ् गएका थियौं- सुन्दरीजल। उनले मेरो उपहार कालो ‘स्कर्ट’ लगाएकी थिइन्। विराटनगरमा जन्मे हुर्केकी उनलाई सुन्दरीजलको उकालो चढन गारो परेको थियो। तैपनि मैले उनको हात समातेर उकालो चढाइरहें। सुन्दरीजलको जंगल त्यसैपनि डरलाग्दो लाग्ने। उनलाई लिएर जंगलभित्र पस्दा मन ढक्क फुलेको थियो। तैपनि कालो स्कर्ट मनमा गढेको थियो। सायद उनी पनि डराएकी थिएन्, किनकि जंगलमा जे पनि हुन सक्थ्यो। उनी र म बाटोको केही परसम्म पुग्यौं र रूखमा छलिएर बस्यौं। पहिलोपटक हामीले खुल्ला आकाशमुनी प्रकृतिको काखमा माया साट्यौं, र जिवनभर कहिल्यै नछुटिने कसम खायौं। मेरो शरिर डरले काँपिरहेको थियो। उनले मलाई अँगालोमा कस्दै भनेकि थिइन्- ‘किन डराउनुभएको?’ मलाई भने कोही आउला कि भन्ने डर थियो। तर उनी ढुक्क देखिन्थिन्, किनकी उनलाई दाजुले देख्ने चिन्ता थिएन। तर मलाई चाहिँ जंगलमा उनलाई जोगाउने च्यालेन्ज नि थियो। त्यसपछि #UNPark, बल्खुको पनिका माथिको खेत, गोदावरी कतै बाँकी बचेन। जहाँ डेटिङ गएपनि सुन्दरीजल दोहोरिरह्यो। उनको र मेरो ४ बर्षे लामो प्रेम उनी विराटनगर गएपछि टुंगियो। मैले धेरैपटक फोन गर्दा उनले जवाफ दिइनन्। पछि मैले पनि वास्ता गर्न छोडें।


पोहोर साल दशैंको टिकाको दिन घरबाट बाटोमा निस्किँदै गर्दा रिक्सामा ठोक्किएँ। रिक्सामा हेर्दा उनी थिइन् दिदीसँग। उनका र मेरा आँखा जुधे, के बोल्ने भनेर शब्द निस्केनन्। त म बोल्न सकें न त उनी नै। रिक्सा अगाडि बढ्यो। मैले साथीलाई भनेर साइकिल पछाडिबाट फलो गरें। मेरो साथीले उनी चढेको रिक्सा अगाडि लगेर साइकल रोक्यो। उनकी दिदीले यस्तो गाली गरिन् कि मैले एकै शब्द नि बोल्ने हिम्मत गरिनँ। त्यसपछि अहिलेसम्म मैले उनलाई भेटेको छैन। तर यति थाहा छ- उनले अझै पनि बिहे गरेकी छैनन्।

Comments

  1. Blogger jee le anubhav haru ta dherai batulnu bhayeko rahechha ani ajha anubhavlai shabdama uttarne shaili chahi nikai jiwanta lagyo, sundarijalko kura garda ta maile nai ho ki tyo sab gareko bhanne bhan bhayo. katha aru aaudai jaaun ani padhna payiyos. shubhakamana...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ