पत्रकारिता या अलपत्रकारिता !!!
कामै त्यस्तै, चासो पनि त्यही। आँफूले पढेको बिषय नि त्यही। त्यसैले नेपाली पत्रकारिता सधैँ छनौटमा पर्छ केही लेख्नु पर्दा। जागिरे पोष्ट सम्पादक भएनि खरदारको काम नि गरिन्छ पुस्तकालयमा। दिनदिनै प्रकाशित हुने नेपाली पत्रिकाहरू दर्ता गर्दा धेरै कुरा फाइदा छ, पत्रिका पढन पाइन्छ। त्यसैले त विरक्तिन्छु म।
[caption id="attachment_140" align="alignleft" width="220"] जस्ताको तस्तै सार्ने काम हो पत्रकारिता !! :P via www.sterlingpr.com[/caption]
मैले पढेको पत्रकारिता र मैले देखेको पत्रकारितामा आकाश जमिनको फरक देखिन्छ। दैनिक पत्रिका दर्ता गर्दा मैले अनुभव गरेको नेपाली पत्रकारिता सारै टीठ लाग्दो लाग्छ। स्वभाविक छ कुनै पनि व्यवसाय गरेपछि त्यसबाट नाफा आर्जन गर्ने कुरा, तर नेपाली मिडियामा लगानी गर्नेहरूले पटक्कै नबुझेको कुराचाहिँ के हो भने ‘सपिङ मल’ र ‘मिडिया हाउस’ फरक व्यवसाय हुन्। साना तिना साप्ताहिक पत्रिकाको कुरा नगरौं तर आफूलाई राष्ट्रिय स्तरको भनेर (तर धेरैपय साप्ताहिकले नि आफूलाई राष्ट्रिय साप्ताहिक भन्न रुचाउँछन्) दाबी गर्ने पत्रिकाहरूले राष्ट्रियको अर्थ बुझ्नु जरूरी छ। यसमा अझ आफूलाई स्वतन्त्र र राष्ट्रिय पत्रिकाको पत्रकार भनेर दाबी गर्नेहरूले बोक्ने पार्टीको झण्डाको चर्चा गरिएको छैन। पत्रकारले पार्टीको झण्डा बोक्नु हुन्छ कि हुन्नँ भन्ने बिषयमा फरक बहस हुनसक्छ। तर अहिलेको बहस नेपाली पत्रकारिताको ट्रेण्डको।
काठमाडौंबाट प्रकाशित हुनुको मतलब राष्ट्रिय हुनु हैन। पत्रिकाले आफ्ना समाचारमा समावेश गर्ने क्षेत्रले यो निर्धारण हुनु पर्ने हो। बिडम्बना मैले अहिलेसम्म दर्ता गरेका धेरै पत्रिका मैले काठमाडौंकै पत्रिका पसलमा भेटेको छैन, काठमाडौं बाहिर यीनको के अवस्था होला भन्ने अनुमान गर्न गारो छैन। अनि काठमाडौं बाहिरका सामान्य जिल्लाहरूको त कुरै छोडौं ठूला भनिएका शहरका सम्म समाचार प्रकाशित हुँदैनन् “राष्ट्रिय” पत्रिकाहरूमा कुनै मन्त्री वा नेता त्यो ठाउँमा पुगेको अवस्थामा बाहेक। ठुलाठुला ब्यानर हेडलाईन राखेर सरकारको पक्ष र विपक्षमा समाचार छापेकै भरमा आफूलाई राष्ट्रिय भनेर दाबी गर्नु मधेशवादी दलले आफूलाई राष्ट्रिय पार्टी मान्नु सरह हो। काठमाडौं बाहिरको नेपाल नदेखेका धेरै पत्रिकाले आफूलाई राष्ट्रिय भनेर किन दाबी गर्नु? राष्ट्रिय टेलिभिजनहरूको अवस्था त झन् नाजुक छ यो कुरामा।
अर्को महत्वपूर्ण कुरा देखिन्छ पत्रिकाहरू पढ्दा। पैसा कमाउने बडो सजिलो माध्यम बनेको छ नेपाली पत्रकारिता। कुनै व्यक्ति वा संस्थाको बारेमा जासुसी गरेर पैसाको बार्गेनिङ गर्ने चलन नेपाली पत्रकारितामा २०३६ सालको जनमत संग्रहपछि शुरू भएको हो। कालान्तरमा यसमा सुधार हुने आशा र अनुमानसम्म गरिएको थियो तर अहिले निस्केका साप्ताहिक तथा मासिक पत्रिकाहरूले यसलाई खुल्म्खुल्ला आफ्नो जीविकोपार्जनको मुख्य बिषय बनाएका छन्। अनि कुनै एक व्यक्ति वा संस्थालाई आक्षेप लगाएर वा त्यसको समर्थनमा जुलुसै निकाल्ने पत्रकारिता व्याप्त छ नेपालमा अहिले। कहिलेकाहीँ त लाज लाग्छ आफूलाई पत्रकारिता पढेको भन्न पनि। १ महिनाजति अगाडि एउटा कलेज जाँदा कलेजका फाउण्डरले दुखेसो गरे- “एउटा मासिक पत्रिकाले हाम्रो कलेज गैरकानुनी रूपमा दर्ता भएको भनेर कभर पृष्ठमै फोटो सहित समाचार छापेछ, दुईदिन पछि पत्रिकाको सम्पादक पत्रिका बोकेर आएर भने- ५० हजार दिनुस् अर्को अंकमा भुलसुधार छाप्दिन्छु भनेर, म के गरौं” भनेर।
साप्ताहिक वा मासिक मात्र हैन मुलधारका भनिएका र आफूलाई नम्बर वान भनेर दाबी गर्नेहरू पनि यसबाट अछुतो छैनन्। डाबर नेपालसँगको झगडाले नै धेरै कुरा बोल्छ। आजसम्म जस्ले जे जे दाबी गरेपनि व्यापारिक घरानाका नराम्रा कुराहरू एउटा पत्रकारले फेला पारेजति मिडियामा आएकै छैनन्।जति आएका छन् बिचमा बसेर आएका छन्।स्वभाविक छ- पत्रिकाको मुख्य आम्दानी विज्ञापन हो तर यसको मतलब चाकरी गरेर विज्ञापन लिनु पर्छ भन्ने चाहिँ अनैतिक नै हो यदि हामी व्यवसायिकताको कुरा गर्छौं भने।२०३५/३६ सालताका देखिको ‘पत्रकारहरूलाई आफ्नो पक्षमा समाचार लेखाउन कोसेली दिनुपर्छ भन्ने चलन अहिले पनि हराएको छैन। नत्र सधैँ दशैंमा कार्टूनका कार्टून कोसेली हात पार्ने पत्रकार साथीहरूलाई सोधे हुन्छ।
यो अहिले पनि नेपाली पत्रकारितामा देखिएको ठूलो समस्या हो। अर्को महत्वपूर्ण कुरा- आजकाल समाचारमा नातावाद र कृपावाद चल्छ। आफूले चिनेको वा आफूसँग बसेर चियासिया खाने पत्रकारले तपाईंले पाधे पनि समाचार बनाइदिन्छ। मैले पढेको पत्रकारिताको सिद्धान्तले भन्छ- “पत्रकारले कुनै पनि समाचार स्रोतले दिने कुनै पनि किसिमको सहयोग (समाचार दिने बाहेक) लिनु हुँदैन”। अनि मैले देखेको पत्रकारिताले कक्टेल पार्टी दिनेको मात्र समाचार छाप्छ। पाँचतारे होटलमा हुने कार्यक्रममा पत्रकारहरूको भीड लाग्नु र सुकुम्बासी बस्तीमा हुने कार्यक्रममा पत्रकारै नजानु यसैको उदाहरण हो। त्यसमाथि कार्यक्रम सकिएपछि आयोजकले दिने खाम त छँदैछ। अनि कसरी हुन्छ समाचारमा ब्यालेन्स??
नेपाली मिडियाले सधैं बनावटी समाचार मात्र दिन्छन्। पत्रकारले मेहनतै गर्दैनन् आजकाल समाचार खोज्न। मिडियामा आजकाल कुनै नयाँ कुरै आउँदैनन् छिटपुट रूपमा बाहेक। बहुमत समाचार पहिल्यै पढिसकेका जस्ता लाग्छन्। केही बुद्धिजिवी (पत्रिकाले मानेका) को आफ्नो रिस पोख्ने ठाउँ बनेका छन् पत्रिकाहरू अहिले नेपालमा।आफूलाई मन परेका बिषयको खुब प्रशंसा गर अनि मन नपर्नेको खोइरो खन।त्यसैले नेपाली पत्रकारिता मेरो निष्कर्षमा चिया गफ मात्र भएको छ। चिया पसलमा साथीहरू बसेर गरिने गफ र नेपाली मिडियाका समाचारमा केही फरकै छैन। त्यसैले म आजकाल धेरैलाई अलपत्रकार र नेपाली पत्रकारितालाई अलपत्रकारिता भन्ने गर्छु। किनकी यो पत्रकारिताले हामीलाई व्यवसायिकतातिर हैन बीचैमा अलपत्र बनाउने पक्का छ।

Comments
Post a Comment