Sort Posts by:

अन्त्यहीन अन्त्य

‘म कति लाचार छु भने हजुरसँगको सम्बन्धका बारेमा आफैसँग बाहेक कसैसँग बताउन सक्दिनँ।’ पुतलीसडकको क्याफे। २ बजे। क्याफे खाली खाली छ। काउन्टरमा एकजना बसेर क्याल्कुलेटरमा हिसाब गरिरहेका छन्। वेटरहरु खाली टेबल पुछ्दै, कहिले रुमाल यता मिलाउँदै, कहिले उता मिलाउँदै छन्। काउन्टरको ठ्याक्क अगाडि एकजोडी प्रेमी बसेका छन्। दुवैले

भूत

जतिबेला बच्चा थिइयो त्यतिबेला केटाकेटी नै थिइयो जस्तो लाग्छ के अहिले सम्झिँदा। खासमा म बच्चामा कस्तो थिएँ भनेर मलाई कसैले सोधे भने मसँग जवाफै हुन्नँ। अहँ, मलाई पटक्कै थाहा छैन म जन्मिँदा कस्तो थिएँ। बोल्न कसरी सुरु गरेँ, जन्मिँदा कसरी रोएँ, पहिलो शब्द के बोलेँ? दाँत आउने

मलाई माफ गर, तिम्रो माया मार्नै सकिनँ

आँखाले देखेसम्म हेरेँ घरको छतमा बसेर- चन्द्रमा आफ्नै प्रकाशमा चम्किरहेको थियो। घामले बिदा लिएपछि आजकाल चन्द्रमा प्रकाश छर्न आइपुग्छ। गोधुली भर्खरै मात्र बितेको थियो, सायद त्यसैले चन्द्रमाको छेउमा एउटा मात्र तारा देखिएको थियो। आफ्नो चमक बढाउँदै लगेको चन्द्रमा र छेउमा देखिएको सानो तारा देखेर सोचेँ- चन्द्रमा तिमी

आऊ, हामी बाँचेरै प्रेम अमर बनाऊँ !

फेब्रवरीको महिना चलिरहेको थियो। ‘सारा संसार भुलेर म तिमीमा समाहित हुन चाहान्थेँ, भए भरको प्रेम तिमीमा पोख्न चाहान्थेँ,’ मेरो शब्द यिनै थिए। ‘म हजुरमै समाहित हुन चाहान्थेँ सारा संसार भुलेर, सारा नियम मिचेर, तर विछोडको पीडाले पिरोल्छ र सबै इच्छाहरु चिहान बन्छन्,’ उनको जवाफ यस्तै थियो। धेरै

मेरो बकपत्र !

धेरैपटक म आफैलाई सोध्छु, म को हुँ? म के थिएँ? म किन यस्तो भएँ? के म मृतात्मा हुँ? म मा केही भावना छैनन्? वा मेरो जन्मले नै मलाई यस्तो बनायो? या म हुर्केको परिवेशले मलाई संसारको पर्बाह नगर्ने बनायो? यी प्रश्नहरु फगत मेरा लागि हुन्। अनि यो

हात्माकथा !

२०३६ सालमा जनमत संग्रहको प्रचार प्रसार भैरहेको थियो। सुधारिएको पञ्चायत कि नसुध्रेको प्रजातन्त्र भन्नेमा व्यापक तयारी थियो। पञ्चायती शासकहरु जोडबलले पञ्चायत सुधार्छौं भन्दै उफ्रिरहेका थिए। म जन्मेकै थिइनँ। उबेलाका जिल्ला सभापति थिए। बडेमानको भुँडी भएका। उनी एउटा सेतो घोडा चढ्थे, हट् घोडा हट्। ती सभापति हाम्रो घरमा आए। घोडाबाट

अब म एउटा कार किन्छु !

अब म एउटा कार किन्छु सुशासन दिने एउटा सरकार किन्छु ! झम्‌झम् बर्सेको झरी झरीले रूझाएको एउटा शरीर सडकमा हुइँकिएका सवारी र फूटपाथमा थुप्रिएको फोहोरका बीच निथ्रुक्क म सवारीको हुइँक्याइँले लपक्कै हिलोपानीमा मुछिएर छेउमा सिठ्ठी फुक्दै गरेको सरकारलाई गुहार्छु पानी पर्दा रेनकोट लाउनुपर्छ भन्ने थाहा छैन?- सरकार चिच्याउँछ म

नेक्सस् ५ सँगका तीन महिना (फोटो ब्लग)

म व्यवसायिक फोटोग्राफर होइन। मसँग DSLR क्यामेरा पनि छैन, अनि फोटो खिच्नको सोखिन पनि हैन। तर कहिलेकाहीं सँगै भएका साथीहरूले फोटो खिच्न थालेपछि साथमा रहेको मोबाइल निकालेर जानिनजानी क्लिक गर्छु। अनि त्यही यताउता डुल्दा, मन नलागि नलागि खिचेका केही फोटाहरू यता राखेको मात्र हो। यी फोटा मलाई राम्रा

विकासे बहस र फिस्टे बुढा

चैतको अन्तिम साता पूर्वी पहाड (ओखलढुंगा) जाने संयोग पर्‍यो। एकजमानामा काठमाडौंबाट ओखलढुंगाको यात्रा काठमाडौं-कटारी एकदिनको बस यात्रा र दुईदिनको पैदल यात्रा पछि पुगिन्थ्यो। अहिले समय फेरिएको छ अर्थात् विकास भएको छ। काठमाडौंबाट बिहान बस चढेपछि बेलुकी ओखलढुंगा पुगिन्छ बिपी राजमार्ग हुँदै। मेरो गाउँ मलाई अहिले कर्णालीका बारेमा

विकासे बहस र हाम्रो वास्तविक चरित्र

हिजो मंगलबार बिहान अफिस जान सुकेधाराबाट माइक्रोबस चढें। बसका चालक दाइलाई राजनीतिबाट हुनसम्म वितृष्णा भएको रहेछ। उनी ‘नेताहरूले देश बिगारे, कर्मचारीहरू काम नै गर्दैनन्, सबका सब भ्रष्ट छन्’ भनेर उनका सहयोगीसँग र यात्रुहरूसँग एकोहोरो विलाप गरिरहेका थिए। माइक्रोबस एअरपोर्टबाट अगाडि बढ्नेबित्तिकै ट्राफिकको चेकिङ् चलिरहेको थियो। यहाँ सँधै